यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक सामाग्रीहरु अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। एबं हामी तपाईंका भावनाहरु, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै भावना अथवा लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लाल वीर सिङ्जाली मगर,दोहा कतार Email- lalvirthapa@gmail.com फोन नं-+९७४६८४५८७६

प्रचण्ड मुसलवान बनेर बिरगञ्जमा हिन्दीमा भाषण गरे

जन आन्दोलन मा घाईते भई उपचारको क्रममा निधन हुनु भएका बिष्णु लाल महर्जनको अन्तेष्ठी।

समयमै सम्बिधान बन्नुपर्ने बिषयलाई लिएर काठमाण्डौमा शान्ती यात्रा सम्पन्न

नेपालमा हिन्दु धर्मको नाममा निर्दोष पशुहरुको निर्मम हत्या, संसारभर घोर निन्दा

शेयर बजार लगाएत अन्य ब्यावसायहरु सम्बन्धी जनचेतना जगाउने अभिप्राय

शेयर बजार लगाएत अन्य ब्यावसायहरु सम्बन्धी जनचेतना जगाउने अभिप्रायले सुरु भएको Dream Capital Expo 2009 सम्पन्न।

Lovely African Video

नेपालमा हिन्दु धर्मको नाममा निर्दोष पशुहरुको निर्मम हत्या, संसारभर घोर निन्दा

Good Song Video

नेपाली बोल्न सक्ने अचम्म को बिरालो(अफ्रिकन)

English Song Video

Rihanna - Unfaithful

Guitar Training...

Music video by Rihanna performing Unfaithful. (C) 2007 The Island Def Jam Music Group

How to Play Simple Songs on the Guitar Today

बागलुङ्का १६ बर्षिया बिधार्थी कुसल केसी द्वारा नेपालमै सोलर पावरले चल्ने कारको निर्माण गरे।

प्रत्रकार माथि हमला

सुनको बाला Kul Pokhrelko samjhanama

Birthday of EX-King Gyanendra:जन्मदिन पूर्वराजाको Gyanendra ko....

A complete Guitar Guide

Playing Guitar Hero II Songs on Electric Guitar : How to Play "Sweet Child o' Mine" by Guns n' Roses

Wednesday, December 2, 2009

तातोपानीमा चिनियाँपक्षको ज्यादती बढेपछि ट्राफिक हवल्दार कुटिए

सिन्धुपाल्चोक, १३ मंसिर,उत्तरी तातोपानी नाकामा चिनियाँपक्षको ज्यादती बढेपछि शनिबार विवाद मिलाउन गएका ट्राफिक प्रहरीका हवल्दार कुटिएका छन् । चिनियाँ ज्यादतीविरुद्ध नेपालीपक्ष प्रदर्शनमा उत्रिएपछि उत्तरी नाका शनिबार दिनभरजसो तनावग्रस्त बन्यो ।सामान बोकेर शुक्रबार नेपालतिर आउँदै गरेको कन्टेनर भ्यान चिनियाँ समूहले तोडफोड गरेपछि विवाद बढेको थियो । समझदारी जुटाउन कोदारीस्थित अध्यागमन कार्यालयका अधिकृत दुर्गादत्त ढकालको नेतृत्वमा ट्राफिक प्रहरीका हवल्दार अरुण पाण्डे पनि वार्ताका लागि गएका थिए । तर, बर्दीका प्रहरी पाण्डे कुटिए, त्यो पनि सर्वसाधारणबाट होइन चिनियाँ अध्यागमनका कर्मचारीद्वारा । नेपाली प्रहरी पाण्डेलाई अध्यागमनमा कर्मचारीले चड्कन लगाएको वार्ताटोली सदस्य तथा प्रत्यक्षदर्शी सीमा प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुसूदन सिलवालले बताए । उनले नयाँ पत्रिकासँग भने, 'विवाद मिलाउन छलफल हुन खोज्दै थियो, आवेगमा आएर ती कर्मचारीले चड्कन लगाए ।' खासाको लिपिङस्थित चिनियाँ भन्सारमा सामग्री जाँचपास गराउन ना३ख ४९४ नम्बरको कन्टेनर भ्यान रोकेको विषयलाई लिएर शुक्रबार साँझबाटै सुरु विवादले चर्को रूप लिएको हो । पसल छेकेर राखेको भन्दै चिनियाँ व्यापारीले कन्टेनर तोडफोड गरेका थिए । तोडफोडबाट कन्टेनरका सिसा फुटेका छन् । तर, नेपाली व्यापारीका अनुसार चिनियाँ भन्सार बन्द भएपछि कन्टनेर रोकिएको हो । प्रहरी निरीक्षक सिलवालका अनुसार चिनियाँपक्षले कन्टेनर चालकलाई उल्टै आफैँले फोरेको भनी लिखित कागजमा दस्तखत गरेर मिल्न दबाब दिएपछि विवाद बढेको थियो ।कन्टेनर चालक दुर्गा श्रेष्ठले घटनाबारे जानकारी गराएपछि अध्यागमन अधिकृत ढकालको नेतृत्वमा सशस्त्र प्रहरीका अधिकारी र ट्राफिक प्रहरी सम्मिलित टोली वार्ता गर्न शनिबार ११ बजे लिपिङ पुगेको थियो । घटनाबारे नेपाली टोलीले जानकारी लिँदै गर्दा त्यहाँका अध्यागमन कर्मचारीले ट्राफिक प्रहरी पाण्डेलाई कुटे । उनीहरूले चालक श्रेष्ठलाई समेत घोक्राएर दुव्र्यवहार गरेका थिए । श्रेष्ठ स्वतन्त्र यातायात मजदुर संगठनका केन्द्रीय सदस्य हुन् ।वार्ताटोलीमाथि दुव्र्यवहार भएपछि आक्रोशित कन्टेनर मजदुर र तातोपानीवासी विरोधमा उत्रिएपछि नाका दिनभरजसो तनावग्रस्त बन्यो । नेपाल-चीन सीमा छुट्टयाउने मितेरीपुलमा कन्टेनर तेर्साएर सयौँको संख्यामा भेला भएका मजदुर तथा स्थानीय सर्वसाधारण विरोधमा उत्रेका थिए । कन्टेनर तेर्साइँदा दोहोरो आवागमन नै रोकिन पुगेको थियो भने नेपाल-चीन व्यापारसमेत अवरुद्ध भयो । नाकामा तनाव बढेपछि चीनको खासाका सुरक्षाप्रमुख तेन्द्रोइङ तिङ लिपिङ आएका थिए । नेपाली र चिनियाँ अधिकारीबीच शनिबार नै भएको दोस्रो वार्तामा दुईबुँदे सहमति जुटाउँदै तिङले सार्वजनिक रूपमा माफी मागेका थिए । चिनियाँ अधिकारी तिङले माफी मागेपछि तनाव मथ्थर हुँदै गएको छ । शाखाका सुरक्षाप्रमुख तिङले नेपाली प्रहरीलाई हातपात गर्ने कर्मचारीको तलब रोक्का गर्दै तीन महिना निलम्बनमा राख्ने र कन्टेनर फुटाउने व्यापारीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । वार्तामा नेपाली टोलीको नेतृत्व अध्यागमनप्रमुख ढकालले गरेका थिए । 'दुई देशको कुरा हो, नेपाल सानो भन्दैमा हेप्न पाइँदैन भनेर अडान राखेपछि त्यहाँका सुरक्षाप्रमुख माफी माग्न राजी भए,' वार्ताटोलीले बतायो ।

0 comments:

Post a Comment

 

  © 2009 आजको भिडियोहरु

True Contemplation Blogger Template by M Shodiq Mustika