यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक सामाग्रीहरु अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। एबं हामी तपाईंका भावनाहरु, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै भावना अथवा लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लाल वीर सिङ्जाली मगर,दोहा कतार Email- lalvirthapa@gmail.com फोन नं-+९७४६८४५८७६

प्रचण्ड मुसलवान बनेर बिरगञ्जमा हिन्दीमा भाषण गरे

जन आन्दोलन मा घाईते भई उपचारको क्रममा निधन हुनु भएका बिष्णु लाल महर्जनको अन्तेष्ठी।

समयमै सम्बिधान बन्नुपर्ने बिषयलाई लिएर काठमाण्डौमा शान्ती यात्रा सम्पन्न

नेपालमा हिन्दु धर्मको नाममा निर्दोष पशुहरुको निर्मम हत्या, संसारभर घोर निन्दा

शेयर बजार लगाएत अन्य ब्यावसायहरु सम्बन्धी जनचेतना जगाउने अभिप्राय

शेयर बजार लगाएत अन्य ब्यावसायहरु सम्बन्धी जनचेतना जगाउने अभिप्रायले सुरु भएको Dream Capital Expo 2009 सम्पन्न।

Lovely African Video

नेपालमा हिन्दु धर्मको नाममा निर्दोष पशुहरुको निर्मम हत्या, संसारभर घोर निन्दा

Good Song Video

नेपाली बोल्न सक्ने अचम्म को बिरालो(अफ्रिकन)

English Song Video

Rihanna - Unfaithful

Guitar Training...

Music video by Rihanna performing Unfaithful. (C) 2007 The Island Def Jam Music Group

How to Play Simple Songs on the Guitar Today

बागलुङ्का १६ बर्षिया बिधार्थी कुसल केसी द्वारा नेपालमै सोलर पावरले चल्ने कारको निर्माण गरे।

प्रत्रकार माथि हमला

सुनको बाला Kul Pokhrelko samjhanama

Birthday of EX-King Gyanendra:जन्मदिन पूर्वराजाको Gyanendra ko....

A complete Guitar Guide

Playing Guitar Hero II Songs on Electric Guitar : How to Play "Sweet Child o' Mine" by Guns n' Roses

Wednesday, December 2, 2009

"पन" गिती एलबम भित्रको सौन्दर्य

सन्दर्भ रोशा लिम्बूको गिती एलबम "पन"को हो । यसै सन्दर्भमा आफ्ना केही कुरा ओकली हालौं । म गित संगितको पारखी मात्र । यसको प्राबिधिक पक्षमा पुरै अनभिज्ञ म गित त लेख्छु तर राम्रो गित लेख्न आँउदैन न गाउँन नै । बजाउन त मलाई ताली पनि मिलाएर आँउदैन । अब मैले गित संगित यस्तो उस्तो भनेर बोल्ने कुरा त त्यति नसुहाँउला । तर हामी गितमा सचेतनाका कुरा भने गर्न सक्छौं या आग्रह र बिचारको कुरा भने हामी राख्न सक्छौं । अहिले हामी हामीले लेख्ने र गाउने गितमा अनि हामीले बनाउँने संगितमा आदिबासी पीडा, आदिबासी सौन्दर्य र साँस्कृतिक पक्ष हावी होस भन्ने आग्रह जो गर्दैछौ त्यो नै हाम्रो "पन" हो । गित संगित त र्सबाधिक सम्प्रेषणीय हतियार हो । यसलाई प्रयोग गरेर धेरै देश-ठाँउ)हरुमा राजनैतिक, धार्मिक र सामाजिक आन्दोलनहरु थोर बहुत सफल पनि भए । अब अश्वेत गायक बब् मार्लिले कस्तो धारको संगित पस्केर आफ्ना कुरा त्यहाँका श्रोता समक्ष राख्न सफल भए त्यो पनि मलाई थाहा छैन । तर उनले आफूलाई चिने र आफ्नो कुरा आफ्नो गित संगितका माध्यमबाट जनतामा राख्न सफल भए । यो गौरबशाली आयामलाई हामीले पनि प्रयोग गर्न सक्छौं की । यता नेपालको सन्दर्भमा राजनैतिक परिबर्तनको श्रृंखलालाई हेर्दा बामपन्थी गितहरुको योगदानलाई हेर्न सक्छौं । आज मुलुक यहाँसम्म आइपुग्नुमा ती गितहरुको योगदानलाई पनि मान्नु पर्ने हुन्छ । सधैं जनता र जागृतिका गित गाएका रामेश र जे. वि. टुहुरेलगायत अन्य श्रष्टाहरुले जनतालाई धेरै गुन लाएका छन् । यद्धपी उनीहरुले जनताको श्रद्धा त पाए तर ब्यबसायिक हुन भने सकेनन् । उनीहरुलाई मूलधारले समाहित पनि गर्न सकेन । यस्तो बिडम्बना सबैले भोग्न पनि चाहदैन । हामी सबैलाई स्थापित र सफल हुन नै मन छ । जस्को लागि लोकपृयताको धार समात्ने परम्परा अस्वभाविक पनि हैन । अब कसैको निजत्वमाथि खलल पुर्याउनु पर्ने पनि केही छैन । यी परिस्थितिहरुमा कस्ले कस्तो प्रकारको योगदान दिने भन्ने बिषय असजिलो पनि छ । यति हुँदा हुदैपनि हाम्रा आदिबासी श्रष्टाहरुले आफ्नो जातिय र समूदायिक हितको लागि सकेको सोच्न र गर्न सके निकै राम्रो हुनेछ भन्ने हामीलाई लाग्छ । पहिलो कुरा त हरेकले बनाउने सृजना सबल हुनु पर्छ नै । तब नै पुर्याउनु खोजेको र गर्न खोजेको कुरापनि श्रोता या पाठक समक्ष सम्प्रेषणीय होला भन्छु । श्रष्टा सबैले आ आप्नो ठाँउबाट सकेको योगदान जातिय र सामूदायिक हितमा लगाउन् यहि हाम्रो आग्रह हो । अब हामीले यस्तै प्रकारको गिती सृजना दिने भन्ने कुरा पनि कठिन नै हो । यसो भनौं कम्तीमा केही चेतना, केही सन्देश, केही परम्परा र पहिचान होस् त्यहाँ अनि लोकपृय बनोस त्यो सृजना ।अब म एलबम बारे मलाइ लागेको बोल्छु । यो "पन" गिती एलबम गायिका रोशा लिम्बूको एकल गाएन गिती एलबम हो । केही समय अघि हंगकंगमा गायक दिप श्रेष्ठको हातबाट बिमोचन भएको यो एलबममा शिला बहादुर मोक्तान, दिनेश सुब्बा, शान्तिराम रार्इ, पारस मुकारुंग, सुरेस कुमार, अशोक रार्इ र अनिल कुमारले संगित दिनु भएकोछ । गित तर्फ नन्द चंसुले पाँचबटा, सुरेस कुमारको दुर्इ बटा र दिनेश राज र शुशन साम्सोहांगको एक एक बटा रहेका छन् । गायनमा सुसन साम्सोहांगले गायिकालाई एउटा मिठो साँस्कृतिक युगल गितमा साथ दिएका छन् । औपचारिक चिनाजान नभए पनि किराँती चेली रोशा लिम्बूलाई हंगकंगको बिभिन्न स्टेजहरुमा मैले गाएको देखेकोछु । मीठो स्वरकी धनी रोषा लिम्बूको यो अघि गिती एलबम निस्किएका थिए या थिएनन् मलाई थाहा भएन । तर महत्वपूर्ण कुरा यस एलबममा भएका केही गितहरु मैले खोजेजस्तो पाएर म पुलकित भएकोछु । यहाँ लोक साँस्कृतिक गित छन् । सुगम र पप् शैलीका मीठा गितहरु समेटिएका छन् । गायिकाले सबै स्वाद श्रोतालाई पस्किने जमर्को गरेको जस्तो मलाई लाग्यो यो राम्रो कुरा हो । गितमा शब्दको कुरालाई अलि ज्यादा महत्व दिएर कुरा गर्दा नन्द चंसुका गितहरुलाई महत्वपूर्ण मान्नु पर्ने हुन्छ । वँहाको गितमा आदिबासीय अनि त्यसमापनि खासगरि लिम्बुवान सौर्न्दर्यलाई बिचार गरेको पाइन्छ । साथसाथै आँञ्चलिक स्वादहरुको मिश्रण वँहाको गितका शब्दहरुमा देखिएकोछ । जस्तो एउटा युगल गितको सानो अंशलाई हेरौं ।केटाः छुइयामा हा हा खुइयामा मार्नू आँउछ की आउदैनपोकन्दी खेल्नु जिस्केर बोल्नु पाउँछ की पाउदैनकेटीः छुइयामा हा हा पोकन्दी खेल्नु जिस्केर नबोल्नुकस्तोमा राम्रो सँस्कृति हाम्रो कहिले नि नभूल्नुप्रेम कै सन्दर्भमा पनि चंसुका शब्दहरुमा साँस्कृतिक पक्ष हावी भएकोछ । हराउदै गएका या हामीले बिर्सेका हाम्रा जातिय र क्षेत्रीय भाकाहरु हाक्पारे, ख्याली र रोधी घरको संझना गितमा गरिएकोछ । पिडासगै साँस्कृतिक आग्रह बोकेकोछ चंसुका गितहरुले । एलबममा भएका उनका गितहरुको संगितमापनि मौलिकपन देखिएकोछ ।हाक्पारे र ख्याली तिमीले गाउनै छाड्यौ रेरोधी घरमा पनि अचेल आउनै छाड्यौ रेबिसन्चो पो छौ की ठूले के छ खबरमुरी मुरी संझना छ ठूले मेरो हजुर
त्यसै गरि वहाँको अन्य गितमा प्यारो गाँउको संझना, पहिरोको कुरा, अलैची घारी, ढुंग्री बुलाकी, धान नाच, च्याब्रुग र माइबेनी मेलाहरुको संझना झल्केका छन् ।अन्य गित मध्ये गित नं ४.(संझना सधै रहिरहोस), ५.(पर्खि बसेँ तिमीलाई) र ९.(सुनमा सुगन्ध छरि दियौ) पप् शैलीमा तयार गरिएका छन् । यी सबै गितमा जीवनबोध, प्रेमस्पर्शी र यिबोगी गाथाहरु पोखिएका छन् । गित नं ६.(तिम्रो नयन तालैमा डुब्न पाए हुन्थ्यो) र गित नं. ८.(आएन परदेशी गाँउ घरको माया सम्झेर) दूर्इ गित सुगम संगितमा मीठो गरि तयार गरिएका गितहरु हुन । पहिलोमा प्रेम भल्काउने कुरा छ भने दोश्रोमा परदेशीको पीडा र गाथा छ । सबै गितहरु कर्णपृय नै छन् । उत्कृष्टताको हिसाबले भन्नु पर्दा मलाई मन परेको गित नं ७ नै हो । जहाँ मैले खोजेका धेरै कुराहरु छन् । यसको लागि नन्द चंसु, रोशा लिम्बू र पारस मुकारुंगलाई बधाइ दिन्छु ।भेटै हुन्न भन्छन् ठूले के छ खबरमुरी मुरी संझनाछ ठूले मेरो हजुर

0 comments:

Post a Comment

 

  © 2009 आजको भिडियोहरु

True Contemplation Blogger Template by M Shodiq Mustika